काठमाडौँ, ९ असोज । माओवादी र एकीकृत समाजवादीले पार्टी एकताका लागि गृहकार्य थालेका छन् ।
आगामी आम निर्वाचनमा कम्तीमा विगतको विरासत जोगाउने लक्ष्यसाथ दुवै दलले एकताको तयारी गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच केही दिनभित्रै पार्टी एकता गर्न छलफल चलिरहेको एक नेताले जानकारी दिए । पार्टी एकताकै लागि यसअघि साउन र भदौमा गरी ६ पटक छलफल भइसकेको उनले बताए ।
दुवै अध्यक्षले पार्टी एकताको आधार खोज्न गत २७ साउनमा दुवै दलका सातै प्रदेश इन्चार्जसँग बैठक गरेका थिए । सम्मानित नेता झलनाथ खनाललगायत केही नेताको असहमतिबीच अध्यक्ष नेपालको जोडबलमा शुक्रबार एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक गरेर नीति, विचार, सिद्धान्त मिल्ने दलसँग एकता गर्ने निर्णय लिएको थियो ।










प्रतिक्रिया दिनुहोस्