काठमाडौँ, ९ असोज । नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ ।
टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो ।
टेलिकमका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ । डाटामा भने अझै समस्या बाँकी नै रहेको छ ।
अहिलेसम्म पनि उक्त समस्या पत्ता लगाउने क्रममै रहेकोले समाधानका लागि केही समय लाग्नसक्ने भएको छ ।










प्रतिक्रिया दिनुहोस्