काठमाडौँ, १० असोज । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भइसकेकाले छिटोभन्दा छिटो दल दर्ताका लागि आउन निर्वाचन आयोगले आह्वान गरेको छ ।
नयाँ राजनीतिक दल दर्ताका लागि कुनै कानुनी समस्या नरहेको तर समयको चाप रहेकाले छिटो तयारी गरेर आउन आयोगले आग्रह गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनले तोकेका आवश्यक मापदण्ड पूरा गरेर दल दर्ता गराउन सकिने आयोगले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २ को खण्ड (ञ) मा निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि भनिएको छ । त्यसअनुसार आगामी २० कात्तिकदेखि निर्वाचन अवधि सुरु हुनेछ । आयोगले निर्वाचनका कार्यक्रमहरू प्रारम्भ गर्नेछ । निर्वाचन कार्यक्रम प्रारम्भ हुनासाथ आयोगले दल दर्ता गराउन आह्वान गर्ने अभ्यास छ । ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले २० साउनमा दल दर्ताको आह्वान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्