काठमाडौँ, ११ असोज । सरकारले देशैभरका छ महानगर, एघार उपमहानगरपालिकाभित्र मात्रै एक पटकमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनैपर्ने व्यवस्था गरेको छ ।
सिंहदरबारमा शुक्रबार असोज ९ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घरजग्गाको कारोबार गर्न इजाजतपत्र लिने व्यवस्थासम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्