काठमाडौँ, ११ असोज । कैलालीको धनगढीमा एक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ११ वर्षीया सुमित्रा राना बिहीबार साँझदेखि बेपत्ता भएकी थिइन् । उनको शव शुक्रबार दिउँसो मोहना नदीमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा थियो भने उनको कपडा र चप्पल घटनास्थलबाट करिब २०० मिटर पर भेटिएको थियो । शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको बताइएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्