राजनीति

पार्टी एकताका निम्ति एकीकृत समाजवादीले बनायो वार्ता टोली (अपानिसहित)



काठमाडौँ, ११ असोज । नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता गर्नको लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

शुक्रबार अध्यक्ष माधव नेपालद्वारा जारी अपानिमा उल्लेख गरिएअनुसार, वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीको सदस्यमा वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला छन् ।