काठमाडौँ, ११ असोज । सर्लाहीमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, हुलाकी सडकखण्डमा गएराति प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षीय अङ्कित चौधरी र २५ वर्षीय रोहित सहनीको मृत्यु भएको हो ।
अर्का २३ वर्षीय शिवशङ्कर पण्डित घाइते छन् । घाइतेको न्यूरो अस्पताल बारामा उपचार भइरहेको छ । एमएच ०४ डिजे १२९७ भारतीय नम्बर प्लेटको जीपले तीन जना चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने जीपलाई फेला पारेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्