राजनीति

ओलीले बोलाए सचिवालय बैठक



काठमाडौँ, ११ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् ।

आइतबार दिउँसो १ बजे भक्तपुरको गुन्डुमा बस्ने गरी उनले बैठक तय गरेका हुन् । ‘जेनजी’ आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बोलाइएको छ ।

गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् ।

आन्दोलनपछिको अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण, आउँदो रणनीतिबारे बैठकमा छलफलको तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।