राजनीति

राप्रपाद्वारा भ्रष्टाचार र बेथितिविरुद्ध विरोध प्रदर्शन



काठमाडौँ, ११ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचार र बेथितिविरुद्ध प्रदर्शन गरेको छ ।

आज काठमाडौँको माइतीघरमा भेला भई राप्रपाका नेता–कार्यकताले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ लेखेको कालो टिसर्ट लगाएर विरोध गरे । उनीहरूले भ्रष्टाचारीलाई कारबाही, प्रदेश खारेज, राजसंस्था र हिन्दुराष्ट्र, संविधानको पुनर्लेखन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने माग राखेका छन् ।

‘७५ जनाको बलिदान, फेरि यही संविधान’, ‘देशलाई दुर्घटनाबाट जोगाउन नवीन समझदारी गर’, ‘जेनजीका हत्यारालाई कारबाही गर’, ‘२०४६ सालपछिका उच्चपदस्थ पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर’लगायत नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले विरोध जनाए ।