ललितपुर, १२ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २६ गते बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बैठक बोलाएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यको उपस्थितिका निम्ति निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।
बैठकमा समसामयिक देशको पछिल्लो राजनैतिक अवस्था, आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्