मनोरञ्जन

‘टिकटक’ बनाउने क्रममा नदीमा खस्दा एक जना बेपत्ता



काठमाडौँ, १२ असोज । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेल टिकटक बनाउने क्रममा कालीगण्डकीले बगाएर बेपत्ता भएका हुन् ।

कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।