राजनीति

प्रधानमन्त्री कार्कीले दसैंको टीका नलगाउने



काठमाडौँ, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंको टीकाजमरा नलगाउने भएकी छन् ।

जेन-जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको भन्दै टीका नलगाउने उनको सचिवालयले जनाएको छ । ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेको पीडा हाम्रासामु रहेको’ प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको सचिवायलद्वारा जारी विज्ञप्तिमा कार्कीले टीका जमरा नलगाउने पनि उल्लेख छ ।

‘यस वर्ष प्रधानमन्त्रीले बडादसैंको टीकाजमरा नलगाउने र देशवासीलाई समेत टीका लगाउने कार्यक्रम नरहेको’ सचिवालयले जनाएको छ ।