समाचार

सुनकोशी नदीमा जिप खस्दा १३ जना घाइते



सिन्धुली, १३ असोज । बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सुनकोशी गाउँपालिका-७ कानढुंग्री नजिक सोमबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ तीनकन्या आउँदै गरेको बा २० च ९३१ नं को बोलेरो सडकबाट सुनकोशीमा खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने बाँकी सबै मध्यम र सामान्य घाइते छन् । उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।