रौतहट, १४ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ठूला दलका ठूला नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देश नबन्ने बताएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकाको चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सिण्डिकेटधारी दल र तिनका नाइकेहरूलाई राजनीतिबाट बलपूर्वक विदाइ नगरेसम्म देश र जनताको भलाई नहुने टिप्पणी गरे ।
सिंहदरबार, रामशाहपथ, बहादुरभवनलगायतमा अझै पनि तीन दलको छायाँ र विषादी रहेकाले देशले अग्रगमनको बाटो समाउन कठिन भइराखेको उनको भनाइ छ । अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशभक्त हरेक नेपालीले चनाखो हुनुपर्ने बेला आएको बताए ।










प्रतिक्रिया दिनुहोस्