Banner News

विजयादशमी राष्ट्रिय चाड हो : खिलराज रेग्मी



काठमाडौँ, १५ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमीले देश, समाज र नेपालीको व्यक्तिगत जीवनमा शान्ति, प्रगति र समृद्धि ल्याओस् भनी कामना गरेका छन् ।

विजया दशमी २०८२ का अवसरमा शुभकामना दिँदै उनले सामाजिक सद्भाव कायम राख्दै भड्किलो प्रतिस्पर्धाले नभई आआफ्नो गच्छेअनुसार दसैँ मनाउन आग्रह गरेका छन् । 

विजयादशमी नेपालीको एउटा राष्ट्रिय चाडको रूपमा मनाइँदै आइएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले दसैँ राग र द्वेषलाई बिर्सेर आपसी प्रेम सद्भाव र भ्रातृत्व बढाउने पर्वका रूपमा रहेको बताएका छन् । “दसैँ एक आपसमा शुभकामना आदानप्रदान गर्दै एकअर्काप्रति प्रेम र सद्भाव प्रकट गर्ने अवसर पनि हो । वर्तमानमा रमाउने र खुसी प्रकट गर्ने उत्सव पनि हो”, शुभकामना सन्देशमा भनिएको छ ।