कैलाली, १५ असोज । कैलालीको धनगढी उपमाहनगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड नगरपालिका–५ बाट पोख्राका २२ वर्षीय निसान वलीको उपचार मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक (डिएसपी) वसन्त कुमार शर्माले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्