अविरल वर्षाका कारण पहिरोमा परी तीन जिल्लाका विभिन्न ठाउँमा २२ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार शनिबार र आइतबार पहिरोमा परी उदयपुर, रौतहट र इलाममा २२ जनाको मृत्यु भएको हो ।
पहिरोमा परी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ । सातजना बेपत्ता र ६ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
रौतहट तीनजनाको पहिरोमा परेर मृत्यु भएको छ । उदयपुरमा एकजनाको मृत्यु र २१ जना बेपत्ता छन् ।










प्रतिक्रिया दिनुहोस्