मनोरञ्जन

टिकटक बनाउन खोलामा हाम फालेका युवक बेपत्ता



काठमाडौँ, १९ असोज । बारा प्रसौनि गाउँपालिका-२ दुधौरा पुलपुलबाट दुधौरा खोलामा टिकटक बनाउने क्रममा एक युवक बेपत्ता भएका छन् ।

स्थानीय शम्भु गोसाइका छोरा २१ वर्षीय बिकी गोसाई बेपत्ता भएका हुन् ।

आज बिहान साढे ८ बजेतिर पुलबाट बिकी र स्थानीय आकर केसरवानीका २० वर्षीय छोरा अनुराग केसरवानीसँगै ख‍ोलामा हाम फालेका थि ए। तर अनुराग केसरवानी आफै पौडेर बाहिर निस्केपनि बेपता भएको इलाका प्रहरी कार्यालय पर्सौनीले जनाएको छ ।

२८ जना प्रहरी टोलिले खोजी कार्य गरिरहेको छ।