राजनीति

अहिलेको कठिन घडीमा प्रदेश सरकार नागरिकसँगै छ : मुख्यमन्त्री सिंह



काठमाडौँ, १९ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नागरिकलाई सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री सिंहले आज विज्ञप्ति जारी गर्दै वर्षा र बाढीले सिर्जना गरेको यो चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा निकाय नागरिकको सुरक्षाका लागि पूर्ण रूपमा सक्रिय र प्रतिबद्ध रहेको बताएका छन् । 

उनले प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझी जिम्मेवारीपूर्वक सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिइएको पनि बताए । उनले थपे, ‘नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेका छन्, र कुनै पनि अमूल्य मानव जीवनको क्षति नहोस् भन्ने कामना गर्दछु ।’, ‘यो कठिन घडीमा प्रदेश सरकार तपाईंका साथ छ। हामी सबै मिलेर यो विपद् पार गर्नेछौं। एक अर्काको सहयोग र एकताको भावना हाम्रो सबैभन्दा ठुलो शक्ति हो । सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। सुरक्षा, राहत र पुनः स्थापनाका प्रत्येक कदममा प्रदेश सरकार नागरिकसँगै छ ।’