राजनीति

माओवादी सचिवालय बैठक बस्दै



काठमाडौँ, २० असोज । नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज बस्दै छ ।  

दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । सोही समितिले पूर्वपदाधिकारीलाई सचिवालयमा रूपान्तरण गरेको छ ।