काठमाडौँ, २० असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका कार्यालयहरू आज खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ ।
१९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले भनेको छ, “दुई दिनदेखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको छ ।”
बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन कार्यालयले भनेको छ ।










प्रतिक्रिया दिनुहोस्