सम्पादकीय

सात लाख भूकम्प पीडितको दशैं टहरामै



काठमाडौं, ६ फागुन । २०७२ वैशाख १२ को भुकम्पले घर भत्केपछि टहारामा बसिरहेका सात लाख भुकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईओ गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भुकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए । बिहीबार घट्स्थापनासंगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्रााहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दशैं टहरामै बित्ने यो तथ्यांकले पुष्टि गरेको छ । नागरिकमा समाचार छ ।