काठमाडौँ, २१ असोज । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १ देखि १० मंसिरभित्र राजनीतिक दल दर्तासहितको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले कार्यतालिका पारित गरेको हो । नयाँ दल बनाएर आगामी निर्वाचनमा भाग लिन चाहने समूहले चुनावका लागि दल दर्ताअगावै अर्थात् ३० कात्तिकअघि नै आयोगमा दल दर्ता भएको प्रमाणपत्र लिइसक्नुपर्नेछ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले १८ र १९ पुसमा बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ ।
आयोगका अनुसार निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । ३ देखि १८ फागुनसम्म चुनावी प्रचारका कार्यक्रम गर्न पाइनेछ भने तत्पश्चात् प्रचारमा निषेध गरिएको छ । २१ फागुनमा बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ । मतपेटिका संकलन भएपछि गणना गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्