काठमाडौँ, २२ असोज । काठमाडौँको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार ती युवती काभ्रे घई भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेकी छन् ।
उनको शव मंगलबार फेला परेको हो । उनको मृत्युको कारण खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्