विश्व

इजरायल र हमास गाजामा युद्धविराम गर्न सहमत



एजेन्सी, २३ असोज । इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको छ ।

इजरायल र हमासबीच गाजामा युद्धविरामको पहिलो चरणमा सहमति भएको अलजजिराले जनाएको छ ।

युद्धविराम वार्ताको मुख्य मध्यस्थकर्ता कतारले पनि यो सहमति पुष्टि गर्दै सम्झौताका सबै प्रावधान र कार्यान्वयन संयन्त्रमा सहमति भएको जनाएको छ । झन्डै दुई हप्ताअघि सेप्टेम्बर २९ मा ट्रम्पले ह्वाइटहाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि आफ्नो २०–बुँदे योजना प्रस्तुत गरेपछि मात्रै वार्तामा प्रगति भएको थियो ।

इजरायली सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मा पोष्ट गर्दै युद्धविराम सम्झौताको स्वागत र सम्भावित परिस्थितिका लागि सेना तयार हुन आदेश दिएको छ । साथै, बन्धक उद्धार अभियान संवेदनशील र व्यावसायिक ढङ्गले सञ्चालन गर्ने तयारी भइरहेको खबरमा उल्लेख छ ।