न्युयोर्क, ६असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संविधान दिवस मनाएर मात्र अमेरिका आउने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्को रात्रिभोजमा सहभागी हुने तय भएको थियो ।
महराले ट्रम्पसँग पनि संक्षिप्त छलफल गर्ने कार्यक्रम थियो । त्यहाँ कसरी प्रवेश गर्नेलगायतका सबै षियमा ब्रिफिङसमेत भएको थियो । तर, लामो प्रयासका बाबजुद पनि उनले त्यो अवसर पाएनन् । महरा अन्य छलफल सकेपछि करिब आधा घण्टा न्युयोर्कस्थित नेपाली मिसनमा बसेर रात्रिभोतजर्फ लगेका थिए ।
परराष्ट्र अधिकारीहरुका अनुसार महरा जाने कि नजाने भन्ने बहसपछि रात्रिभोजमा प्रवेश दिइन्छ भन्ने यकिन भएपछि गएका थिए उनी राष्ट्रपमुखलाई गरिएको निम्तो र पासपोर्ट साथमा बोकेर त्यसतर्फ गएका थिए । तर, उनलाई करिब आधाघण्टा सेक्युरिटीको अडाडि कुारएर परराष्ट्र अधिकारीले प्रयास गर्दा पनि प्रवेश नपाउने भएपछि फर्केका थिए । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्