राजनीति

काठमाडौँमा सुरक्षा व्यवस्था कडा



काठमाडौँ, २३ असोज । काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

माइतीघर क्षेत्रमा डा.निकोलश भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको छ ।

सुरेन्द्र घर्ती नेतृत्वको जेनजीको एउटा समूहले ‘एनटिइके–जेड’ टिमले आज गर्ने भनेको प्रदर्शन स्थगित भएको छ । तर, घुसपैठ हुनसक्ने र अवस्था भड्किने आकलन गरेर सुरक्षा तैनाथी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घर्ती नेतृत्वले गर्ने भनेको प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै काठमाडौँ प्रहरीले प्रहरी प्रधान कार्यालयसँग थप मद्दत मागेको थियो ।