काठमाडौँ, २६ असोज । कञ्चनपुरमा पटकासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाललाई पक्राउ गरेको हो ।
२८ लाख ९८ हजार ६५० रुपैयाँबराबरको विभिन्न प्रकारका पटकासहित शनिबार बेलुका उनलाई पक्राउ गरिएको हो ।
उनको घर तलासी गर्दा उक्त पटका फेला परेको थियो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्