काठमाडौँ, २६ असोज । चन्द्रागिरिमा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।
चन्द्रागिरि नगरपालिका–१ बस्ने ३२ वर्षीय राजेन्द्र श्रेष्ठको घर चोरी भएको प्रहरीले बताएको छ ।
उनको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ९ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ भएको हो ।
चोरीमा संलग्नहरू भने फरार भएको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्