काठमाडौँ, २९ असोज । काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल ठोक्किएका छन् ।
गएराति भएको दुर्घटनामा बा.८१ प ४०१० नम्बरको मोटरसाइकल बानेश्वरबाट अगाडि बढेर सिभिल अस्पतालतर्फ मोड्दै गरेको बिएबी ०३६५ नम्बरको स्कार्पियोसँग सोही दिशाबाट आएको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा चालक गोरखा सिरानचोक घर भएका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । स्कार्पियो चालक काठमाडौँको कपन घर भएका ४३ वर्षीय कृष्ण कुमार कुइँकेललाई प्रहरीले पक्राउ गरेको छ ।










प्रतिक्रिया दिनुहोस्