राजनीति

केपी ओलीको समूहले संसद् पुनःस्थापनाको कुरा गर्नु विडम्बनापूर्ण : संयोजक प्रचण्ड



काठमाडौँ, १ कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले यसअघि संसद् विघटन गर्ने केपी ओलीको समूहले अहिले संसद् पुनः स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका हुन् ।

उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै निर्वाचन हुन नसके देशमा अर्को अराजकता आउन सक्ने बताए । घोषित निर्वाचनलाई भाँड्ने काम कसैले नगर्न उनले चेतावनी दिए ।  प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे ।