सप्तरी, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ ।
७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेर हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ । घटनास्थलमा गोलीका दुईवटा खोका फेलापरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्