समाचार

लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम



काठमाडौँ, ३ कार्तिक । जल तथा मौसम विज्ञान विभागले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ ।

विभागका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ ।

सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एक-दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने जनाइएको छ । साथै, उच्च हिमाली भूभागका केही भागमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ ।