काठमाडौँ, ३ कार्तिक । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ ।
फ्लडलाइटको निर्माण व्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो ।
दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपीएल) भन्दा अगावै प्यारापिट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । पारापिटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपीएल आगामी १ मंसिरबाट सुरु हुँदै छ ।










प्रतिक्रिया दिनुहोस्