सुर्खेत, ३ कार्तिक । सल्यानको शारदा नगरपालिका–१ का वडाध्यक्षसहित ६ जनालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीप पाण्डेसहित सोही वडाका लोकबहादुर बुढाथोकी, मोहमद मियाँ, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाय रहेका छन् ।
आइतबार साँझ विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर केसीको कमाण्डमा खटिएको टोलीले शारदा नगरपालिका–१ श्रीनगरस्थित लोकबहादुर बुढाथोकीको घरमा छापा मारेको थियो ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ७ हजार ६ सय २५ रुपैयाँ नगद, ६ थान मोबाइल, प्रयोग गरिएका र नगरिएका गरी ११ गड्डी तास बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्