झापा, ४ कार्तिक । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ ।
सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६.९० प्रतिशत हो । अन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्व ४५ करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मुल्य अभिबृद्धि करबाफत ३१ करोड नौ लाख २४ हजार अन्तःशुल्क बाफत १८ करोड ६९ लाख ५२ हजार रुपायाँ राजश्व सङ्कलन गरेको छ । गत आव २०८१/०८२ को पहिलो त्रैमासिकमा ६९ करोड २८ लाख ५७ हजार रुपयाँ राजश्व सङ्कलन भएको छ ।










प्रतिक्रिया दिनुहोस्