समाचार

५४ जना फरार प्रतिवादी पक्राउ



काठमाडौँ, ४ कार्तिक । जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्दामा फरार रहेका ५४ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेस गरेको छ। 

‎पक्राउ पर्नेमा ‘जेनजी’ आन्दोलनमा फरार रहेका २ जना कैदी र फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका ५२ जना प्रतिवादीहरू रहेका छन्।

‎प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।