Banner News

मिथिला नगरपालिका धनुषामा एमाले विजयी



महेन्द्रनगर, धनुषा, ७ असोज । मिथिला नगरपालिकामा नेकपा एमाले का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएकाछन ।

नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएक ाहुन । उनले छ हजार ७४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याएकाछन ।

त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भइन । उनले छ हजार ६६५ र उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याए ।