राजनीति

कांग्रेस चुनावबाट भाग्दैन : कार्यवाहक सभापति खड्का



काठमाडौँ, ४ कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने र त्यसका लागि तयार रहेको बताएका छन्। 

‎‎‎‎आज बिहान वीरेन्द्रनगरमा आयोजित कांग्रेस सुर्खेतका पूर्व सभापति एवं जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन् ।

‎‎खड्काले भने, ‘कांग्रेस चुनावबाट भाग्दैन, चुनावको वातावरण सरकारले बनाउनुपर्छ। हामी चुनावका लागि तयार छौँ। सरकारले वातावरण तयार गरोस्।’

‎‎उनले कुनै पनि प्रकारको कानुनी प्रक्रियाबाट हुने छानबिन तथा अनुसन्धानमा कांग्रेसको समर्थन रहने बताएका छन् । तर, वर्तमान सरकारमा रहेका व्यक्तिहरूबाट पूर्वाग्रही तरिकाले राजनीतिक दलका नेताहरूमाथि लाञ्छना लगाउने काम भइरहेकोमा उनले आपत्ति जनाए ।