काठमाडाैँ, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छिन् ।
मङ्गलबार बालुवाटारमा प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त संवादपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै दल, नागरिक र राज्यका अङ्गहरूलाई आ–आफ्नो जिम्मेवारीका साथ आगामी निर्वाचनमा जुट्न आह्वान समेत गरिन् । प्रधानमन्त्रीले राजनीतिक दलहरूबिच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न संवादलाई पहिलो महत्त्वपूर्ण कदमका रूपमा लिएको बताइन् ।
उनले भनिन्, “आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद सम्पन्न भएको छ। निर्वाचनको आवश्यकतामा कसैको विमति छैन । सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ । आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ । हाम्रो आमन्त्रणलाई स्वीकार गरी संवादमा उपस्थित सबै नेतागण तथा पर्यवेक्षकप्रति आभार व्यक्त गर्न चाहन्छु । कार्यक्रमलाई महत्त्वका साथ जनतासम्म पुर्याउन भूमिका खेल्ने सञ्चारकर्मी मित्रहरूलाई पनि धन्यवाद ।”










प्रतिक्रिया दिनुहोस्