समाचार

नगदसहित १२ जना जुवाडे पक्राउ



दाङ, ७ कार्तिक । जुवा खेलेको आरोपमा घोराहीमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–७ सौडियारमा बिहीबार जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । दिनेश चौधरीको घरमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा १ लाख ३२ हजार ५ सय ८० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बतायो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–७ शुक्रवारका नेक बहादुर चौधरी, कमल चौधरी, एकराज चौधरी, विनोद चौधरी, सिताराम चौधरी, अमिस चौधरी, घोराही–७ डबरगाउँका शंकर चौधरी, कालुराम चौधरी, घोराही–७, राजपुरका उज्वल चौधरी, घोराही–१५ का सुनिल विष्ट, बसन्त डिसी र टुकमान विष्ट पनि पक्राउ परेका हून ।