समाचार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, ९ कार्तिक । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ । 

शनिवार राति दुर्घटनामा परेकी ५० वर्षीया मैया महर्जनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–१४ हाडेगाउँ घर भएकी महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक तनहुँ घर भएका २२ वर्षीय सुमित परियारलाई प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको छ । मोटरसाइकल पछाडि सवार २३ वर्षीय मनदिप पराजुली घाइते भएका छन् ।