काठमाडौँ, १२ कार्तिक । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलभमेन्ट विषयक कार्यक्रममा सहभागी हुन पौडेलको नेतृत्वमा कात्तिक १७–२० सम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, संघीय संसद्का पदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ हेरफेरको निर्णय भएको छ । स्वकीय सचिवको सुविधा हटाउने निर्णय भएको उनले बताए ।
राष्ट्रियसभामा रिक्त पदको निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको खरेलले बताए ।










प्रतिक्रिया दिनुहोस्