समाचार

ट्रकमा दुईवटा बस ठोक्किँदा ३३ जना घाइते



काठमाडौँ, १४ कार्तिक । चितवनमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँएर दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार गएराति भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा इँट्टा भरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौँतर्फ छुटेको बस र त्यही बसमा जनकपुरबाट काठमाडौँको लागि छुटेको अर्को बस समेत ठोक्किएको थियो ।

घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।  

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ ।