काठमाडौँ, १४ कार्तिक । नेकपा (एकीकृत समाजवादी)को नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छिन् । एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको तयारी हुँदै गर्दा नेताहरूबाट फरक फरक मत आएको हो ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘व्यक्तिको आवश्यकता र व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ । इतिहासको वास्तविकता यस्तै छ । मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन ।’










प्रतिक्रिया दिनुहोस्