समाचार

साँफेबगरमा आगलागी



काठमाडौँ, १६ कार्तिक । अछामको साँफेबगरमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर हाटबजार क्षेत्रमा लागेको आगोले किराना पसल, होटलसहित ६ भन्दा बढी पसलहरू नष्ट गरेको छ ।

स्थानीय व्यापारीहरू, सुरक्षाकर्मी सहितको टोलीको प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको छ । घटनाबारे थप सूचना आउन बाँकी रहेको जनाएको छ।