अर्थ

एक लाख २८ हजारबढी पर्यटकले गरे  नेपाल भ्रमण



काठमाडौँ, १७ कार्तिक । यस वर्षको अक्टोबरमा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको हो ।

बोर्डको तथ्यांकअनुसार दक्षिण एसियाबाट २९ हजार ६०, एसियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियानाबाट ६  हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट तीन हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।