काठमाडौँ, १७ कार्तिक । विराटनगर–१४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ ।
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव आज बिहान खोलामा भेटिएको हो । मण्डल सिघिया खोलामा हराएको भन्दै परिवारले खोजी गरिरहेको थियो ।
फेला परेका प्रमाण तथा घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको छ । उक्त घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्