काठमाडौँ, १७ कार्तिक । चन्द्रागिरि नगरपालिका–६ थानकोट स्थित महादेवस्थानबाट प्रहरीले कौडा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले ५ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खेल्नेहरूको साथबाट १ लाख ७२ हजार नगद बरामद गरेको छ । खालबाट १६ थान कौडा बरामद गरिएको छ ।
पक्राउ पर्नेमा घरधनी ४४ वर्षीया सरिता गिरी, मकवानपुर घर भएका राजु लामा, धादिङ घर भएका ३६ वर्षीय नारायण अधिकारी, धादिङ घर भएका ३१ वर्षीय मिलन तामाङ, चन्द्रागिरिका ३४ वर्षीय शनि खड्का र मकवानपुर घर भएका २७ वर्षीय सम्राट् स्याङतान छन् ।
आइतबार पक्राउ परेका आरोपीहरूमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्