काठमाडौं, २७ माघ । चीनको एभिक इन्टरनेशनलले ५६ सिटको एमए ६० र १७ सिटको वाइ १२ई दुई जहाज नेपाल वायुसेवा निगमलाई बुधबार हस्तान्तरण गरेको छ ।
जम्मा चार जहाज खरिद गर्न चीन सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । किनेका दुई वटा वाई १२ ई जहाज नेपाल ल्याउन बाँकी छ । अनुदानका दुइृ जहाज उसअघि नै नेपाल ल्याएर उडानमा लगाइसकिएको छ ।
थप दुई जहाज पनि ल्याइसकेपछि आन्तरिकतर्फ निगमको जहाजसंख्या ९ पुग्ने निगमले जनाएको नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्